दफा ३९२
कर तथा अन्य दस्तुर बुझाउने दायित्व

(१) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरको कानून बमोजिम लाग्ने कर लगायतअन्यदस्तुर बुझाउनु पर्ने दायित्व घरधनीको हुनेछ ।
(२) उपदफा (१) बमोजिम घरधनीको कर वा दस्तुर बुझाउने दायित्व भएमा र निजले समयमा कर वादस्तुरनबुझाएमा बहालमा लिने व्यक्तिले त्यस्तो कर वा दस्तुर आफैँले बुझाउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम बहालमा लिने व्यक्तिले कर वा दस्तुरको रकम बुझाएकोमा निजले घरधनीसँगत्यस्तो रकम बहाल दिँदा कटाउन पाउनेछ ।